बालेनको पत्र च्यासलमा 'अलपत्र', जरिवाना नतिरे थप कानुन लगाइने
काठमाडौँ महानगरपालिकाले सत्तारुढ नेकपा एमालेलाई जरिवाना गराएको पत्र पठाएको छ । महानगर प्रहरी बलका निरीक्षक किशोर भट्टराईसहितको टोलीले च्यासलस्थित एमाले मुख्यालयमा पत्र बुझाए पनि दर्ता गर्न भने नमानेको बुझिएको छ ।
शुक्रबार दरबारमार्गमा आयोजना गरेको 'जागरण सभा'का क्रममा सडक र सडकपेटीमा जथाभावी फोहोर गरी वातावरण प्रदुषण गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना तिराउने निर्णय गरेको थियो । तर, पत्र प्राप्त नभएको र पाए पनि जरिवाना नतिर्ने एमाले नेताह…