क्याबिनेटको निर्णयविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
बोर्ड अध्यक्षका लागि सर्टलिस्ट (छनौट सूची) मा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको जनाउँदै सिफारिस समितिले प्रक्रिया रद्द गर्न सरकारलाई सिफारिस गरेको र हिजो बसेको क्याबिनेट बैठकले पहिलेको प्रक्रिया रद्द गरेर नयाँ समिति गठन गर्ने निर्णय गरेपछि आज सर्वोच्चले उक्त आदेश दिएको हो ।
अध्यक्षका उम्मेदवार सन्तोषनारायण श्रेष्ठले सर्वोच्चमा दायर गरेको रिटमा न्यायाध…