मधेशमा मात्र किन यस्तो महाभारत
मीटरब्याजीको अनुचित लेनदेनसम्बन्ध सरकारद्वारा गठित जाँचबुझ आयोगमा पीडितका २४ हजार उजुरी दर्ता भएका छन् । अहिलेसम्म आयोगले १ हजार आठ सय ८२ उजुरीमा मिलापत्र गराएको छ । ती उजुरीमा ८९ करोड ८० लाखको खास तमसुक गराइएको भए पनि साहुहरूले १ अर्ब ७१ करोड २८ लाख रूपैँया लिन बाँकी रहेको दाबी गरेको तथ्य उजागर भएको छ । मधेशका ८ जिल्लामा मात्र पीडितका १८ हजार तीन सय ५६ उजुरी परेका छन् ।
विकराल बारा
आयोगका अनुसार सबैभन्दा बढी बारा जिल्लामा तीन हजार तीन सय २२ …