प्रधानमन्त्री केपी शर्मा ओली

पहिले तबला, अहिले हमला

प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका मेयर बालेन साहबीच दुई वर्षअघि देखिएको मित्रवत सम्बन्धमा अहिले स्पष्ट रुपमा धाँजा फाटेको छ ।  उहाँहरुबीच २०७९ को जेठ दोस्रो साता पहिलो पटक भेट भएको थियो । त्यतिबेला स्थानीय तह निर्वाचनअन्तर्ग महानगरको मतगणना हुँदै थियो । कांग्रेसकी उम्मेदवार सिंर्जना सिंह र एमाले उम्मेदवार केशव स्थापितलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन अग्रपंक्तिमा थिए । मतपरिणाम नआउदै प्रधानमन्त्री ओलीले बालेनलाई बालकोट बोलाएर शुभकामना दिनुभएको थियो &nbs…