लुटपाटमा पनि रास्वपाको पूरानै मान्यता : माछा हुँदा दुलोभित्र हात, सर्प देखिए बाहिर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भाटभटेनी सुपरस्टोरमा भएको लुटपाटको घटनामा समातिएका खोटाङका डा. राजकुमार राई आफ्नो पार्टीमा नरहेको दाबी गरेको छ । सभापति रवि लामिछानेको सहकारी प्रकरणलगायत विभिन्न विवादास्पद घटनामा अप्ठेरोमा पर्दै गएपछि ‘खुट्टा उचाल्ने’ गरेको रास्वपाले उक्त लुटपाटमा संलग्न रहेको भनिएका राईले पार्टी छाडिसकेको जिकिर गरेको हो ।
आज विज्ञप्ति जारी गर्दै केन्द्रीय संगठन विभाग सचिव शंकर श्रेष्ठले सञ्चारमाध्यमले भ्रामक प्रचार गरेको आरोप लगाए …