रविका वकिल एकाएक लण्डनमा
रवि लामिछानेको पक्षबाट नागरिकता प्रकरणमा बहस गर्नेमध्येका एक जना कानुन व्यवसायी बेलायतको राजधानी लण्डन पुगेका छन् । लामिछाने गत शुक्रबार साँझ सर्वोच्च अदालत संवैधानिक इजलासको आदेशपछि एकाएक चार वटा जिम्मेवारीबाट पदमुक्त भएका थिए ।
प्रक्रिया पुर्याएर नागरिकता नलिएको विषयमा परेको मुद्दामा रविको लिड लयर रहेका पूर्व बार महासचिव सुनिल पोखरेल प्रतिकूल आदेश आएलगत्तै सोप्रति असन्तुष्टि जनाउँदै बेलायत उडेका हुन् । पोखरेलसँगै वरिष्ठ अधिवक्ता तथा नेपाल बारका अध्यक्ष गोप…