राष्ट्रपति भेट्न प्रचण्ड शीतल निवासमा
राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
आज अपराह्न राष्ट्रपति निवास शीतलनिवासमा उहाँहरुले भेटवार्ता गर्नुभएको हो । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
गत सोमबार राति बाथरुममा लडेर चोट लागेपछि प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिनुभएको छैन । पार्टीको बैठक र कार्यकर्ता भेटघाटसमेत स्थगित गरेर स्वास्थ्य लाभ गरिरहनुभएका उहाँ आज एकैचोटि राष्ट्रपति निवासमा देखिनु…