न्यायाधीश आदेश लेख्दै, अदालतबाहिर रास्वपा कार्यकर्ताको लस्कर
काठमाडौँ जिल्ला अदालत परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताको भीड लागेको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी रवि लामिछानेको थुनछेक बहस सकिएसँगै उनका कार्यकर्ता अदालत परिसरमा जम्मा भएका हुन् । न्यायाधीश माधव अधिकारीको इजलासमा सुनुवाई भएको उक्त मुद्दामा आजै आदेश आउने छ । अहिले न्यायाधीश अधिकारीले आफ्नो च्याम्बरको ढोका थुनेर आदेश टाइप गराउँदै छन् ।
अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा छोड्न…