‘आठ लाख होइन, दोषीलाई कारबाही’ भन्नेहरुलाई प्रहरी अवरोध
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी पहिरोमा ज्यान गुमाएका विद्यार्थीका परिवार तथा आफन्त आन्दोलित भएका छन् । गत असोज पहिलो साताको भीषण बाढी पहिरोमा छ जना बालकको ज्यान गएको उक्त घटनाको छानबिनको माग राख्दै उनीहरुले आज अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा धर्ना दिएका हुन् ।
धर्नामा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर धकेलाधकेल समेत भएको बताइन्छ । आफूहरु गेटभित्र पस्न खोजेपछि प्रहरीले लछारपछार गरेको पीडितहरुले बताएका छन् । एन्फाले सिस्नेरीस्थित वत्सला माव…