जनमत पार्टीले जनप्रतिनिधिको मूल्याङ्कन गर्ने
डा. सीके राउत नेतृत्वको ‘जनमत पार्टी’ ले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको कार्य मूल्याङ्कन गर्ने भएको छ । अध्यक्ष राउतले विगत ६ महिनाको कार्य मूल्याङ्कन प्रतिवेदन पठाउन पार्टीका सम्बन्धित वडा र पालिका समितिहरुलाई निर्देशन दिएका हुन् ।
समितिलाई परिपत्र गर्दै उनले वडा–पालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरु (अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्य) को प्रतिवेदन पठाउन भनेका छन् । जनप्रतिनिधिहरुले पार्टीको अवधारणाअनु…