छोराछोरी विदेशमा, अभिभावक ‘एक्लोपन’ को शिकार
सन्तान विदेशमा भएका ज्येष्ठ नागरिक भावनात्मक र सामाजिक एक्लोपनको शिकार हुने गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाले गरेको सर्वेक्षणले यस्तो देखाएको छ ।
सर्वेक्षणअनुसार महानगर क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिकमध्ये विदेशमा छोराछोरी भएका २१ दशमलब ७ प्रतिशतमा अति गम्भीर भावनात्मक एक्लोपन देखिएको छ । यस्तै, ६२ दशमलब ३ प्रतिशतमा मध्यम खालको र १५ प्रतिशतमा कुनै पनि खालको भावनात्मक एक्लोपन देखिएको छैन ।
सामाजिक एक्लोपनको कोणबाट ४८ प्रतिशतमा उच्च, २८ दशमलब ३ प्रतिशत…