प्रधानमन्त्रीको टोलीमा १७ जना, बिदाईमा तीन दर्जन
प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ भर्खरै त्यसतर्फ प्रस्थान गर्नुभएको हो । कतार एयरवेजको क्युआर–६५३ नम्बरको उडानमार्फत मध्यान्ह १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दोहा हुँदै न्यूयोर्कका लागि उडेको बताइएको छ ।
प्रधानमन्त्री नेतृत्वको १७ सदस्यीय टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव…