प्रचण्डसामु माइजूको रुवाबासी,देउवासंग मामा मक्ख
शिक्षा क्षेत्रको भन्सार भनेर चिनिने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)को सदस्य सचिव नियुक्तिले गर्दा बालुवाटारमा बवण्डर मच्चिएको छ।
सदस्य सचिव तोक्नको लागि गठित छनोट समितिले लामो समय लगाएर तीन जनाको नाम सिफारिस गरेपछि यस्तो भएको छ। मंसिर ८ गते अन्तरवार्ता लिएको समितिले १६ दिनसम्म गुपचुप राखेर २४ गते सिफारिस गरेको हो । सिफारिस गरिएको नाम पनि तीन तीन पटक सच्याइएको छ ।
साउन ४ गते कार्यकाल सकिएका तत्कालिन सदस्य सचिव जीवनारायण काफ्लेले आफ्नो पदावधि…