सम्पर्क कमिटीमा कुरा नमिलेपछि च्यासलमा मतदान
नेकपा एमालेको कोशी प्रदेश सम्पर्क कमिटीमा नयाँ पदाधिकारी चयन मतदानबाट टुंगो लाग्ने भएको छ । सर्वसम्मत पदाधिकारी छान्ने प्रयास असफल भएपछि भोटिङबाट छिनोफानो गर्न लागिएको हो ।
पदाधिकारी चयनका लागि आज बिहानैदेखि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा निरन्तर छलफल भएको थियो । तर, सहमति नजुटेकाले दिउँसो सवा ३ बजेबाट निर्वाचन प्रक्रिया सुरु भएको जनाइएको छ ।
अब सम्पर्क कमिटीको नेतृत्व चयनका लागि ३८३ मतदाताले मतदान गर्नेछन् ।