एमसीसी परियोजना : परराष्ट्रमन्त्री खोल्ने, विप्लव रोक्ने
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई पत्राचार गर्ने भएको छ ।
अमेरिकाले एमसीसी परियोजनालाई निरन्तरता दिन लागेको समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै पार्टीले उक्त कार्य रोक्न अमेरिकी राष्ट्रपतिलाई पत्राचार गर्न लागेको जनाएको छ ।
पार्टीको एमसीसी सरोकार समितिका संयोजक भरत सीद्वारा आज जारी विज्ञप्तिमा लेखिएको छ, ‘एमसीसी सरोकार समितिको तर्फबाट एमसीसी रोक्न …