बालेन साहले कसरी दुनियाँलाई बेवकुफ बनाउँदै छन्
‘भ्रमको खेतीमा पिएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ’ भनेर पुस १९ गते फेसबुकमार्फत खिसिट्युरी गर्ने काठमाडौंका मेयर बालेनले यसलाई पुष्टि गर्न पेश गरेका उदाहरणहरूको कसीमा उनी आफूचाहिँ कत्तिको खरो सावित हुन सक्लान् ? उनले पेश गरेका ६ प्रमाणको तीर कतै उनीतिरै त सोझिएको छैन ? यदि, त्यसो हो भने उनको सुशासनको प्रतिबद्धता कतै ‘चोर चोर मौसेरे भाइ’ को अपराध छिपाउने बर्को पो सावित हुने हो कि ? हेरौं सरकारलाई पिएचडी दिन उनले पेश गरेक…