सभामुख र माननीयको वडाध्यक्षमा छानिए पाँच उम्मेदवार
कमल भट्टराई
ताप्लेजुङको सिरीजंघा गाउँपालिका ३, सिकैचाको वडाध्यक्ष उपनिर्वाचनमा विभिन्न पाँच राजनीतिक दलले उम्मेदवार तय गरेका छन् । नेकपा एमालेका कुमारी साउदेन, नेपाली काँग्रेसले भीमकुमार लक्सम्बा, माओवादी केन्द्रका अम्बि साउदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रनध्वोज काँभाले प्रतिस्पर्धा गर्ने भएका छन्।
एमालेले यसअघिको निर्वाचनमा चार मतले पराजित कुमारी साउदेनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली काँग्रेस र माओवा…