कुन्ता, रोशनी र सविनाका करुण कथा
धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै जनताको करोडौं बचत ठग्नेहरु फरार भएको बेला पोखराको सूर्यदर्शन सहकारीका सफ्टवेटर डेभलपर र डेटा इन्ट्री गर्ने दुई जना कर्मचारी जेलमा थुनिएका छन् ।
जिबी राईले सञ्चालन गरेका पाँच वटै सहकारीको आइटी इञ्जिनियर भविश्वर अर्याल र प्रमोद भट्टराईसँग प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न सहयोग पनि लिएको थियो । उनीहरु कानुनलाई सहयोग गर्ने भन्दै आफैं अदालतमा हाजिर भएका थिए । भविश्वरले उक्त कम्पनीको जागिर छाडेपछ…