अबको बाटो ओली–देउवालाई कति अनुकूल
नेताहरूले बाहिर एकथोक बोल्छन्, परिणाम भने अर्कै रूपमा प्रकट भैरहेको हुन्छ । सत्ताकेन्द्रित राजनीतिमा कथनी र करनीबीच अन्तर हुनुलाई आजकाल ग्राह्य मान्न थालिएको छ । राजनीतिक दृष्टिकोणमा आकाश–जमिनको भिन्नता हुँदाहुँदै स्थिर सरकार र राजनीतिक स्थायित्वको मुद्दा अघि सारेर सत्ता सहकार्य थालेका कांग्रेस र एमाले नेताहरूका अभिव्यक्ति एक प्रकारको छ, तर व्यवहारबाट प्रकट भएका तथ्य भने अर्कै ।
प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार प्रवेश यो चौंथो प…