एअर होस्टेसहरुविरुद्ध अख्तियार र मन्त्रालयमा उजुरी
क्याबिन क्रुहरुका कारण नेपाल वायुसेवा निगमले करोडौं क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै कारबाहीको माग गरिएको छ । निगमको संयुक्त ट्रेड युनियनले करारका विमान परिचारिका तथा परिचारकहरुको अराजक शैलीका कारण निगमले करोडौं नोक्सानी भएको व्यहोरा उल्लेख गर्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पर्यटन मन्त्रालयलगायत विभिन्न निकायमा उजुर हालेको छ ।
गत शुक्रबार क्याबिन क्रु समूहले निगमको नियमित उडान तालिकामा रहेको विमानमा सेवा नदिँदा यात्रुले सास्ती र निगमले क्ष…