शहरभित्र

जो दशैं मनाउन आए

दशैंको समय थियो । घरमा बूढी आमै एक्लै । दशैंको बेला सधैँ भीडभाड हुने यो घर यो साल भने सुनसान छ । बूढी आमा एक्लै खोले पकाइरहेकी थिइन् । चुपचाप । तर चुलोमा खोले पाकिरहे पनि मनमा भने बेग्लै कुरा पाकिरहेको थियो ।  त्यही बेला बाहिर कसैले ढोका ढक्ढकाएको आवाज सुनियो ।  ‘को हो ?’ आमाले भित्रैबाट सोधिन् । ‘हामी !’ बाहिरबाट ठूलै स्वर आयो ।  अरे, छोराछोरी आए कि क्या हो ? बूढी आमा हतार हतार ढोका खोल्न गइन् । तर अहँ, छो…