पार्टीभित्रै नेतृत्वको बद्ख्वाईं गरेपछि माधव नेपालको चेतावनी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने नेतामाथि कारबाही हुनसक्ने संकेत गर्नुभएको छ । पार्टीको बद्ख्वाईँ गर्नेलाई छुट दिन नसकिने उहाँले प्रष्ट पार्नुभयो ।
हालै उपाध्यक्षमा पराजित रामकुमारी झाँक्रीलगायत केही नेताहरु एमाले प्रवेशको तयारीमा रहेको चर्चा चलिरहँदा अध्यक्ष माधवको यस्तो प्रतिक्रिया आएको हो । एमाले विभाजनमा मुख्य भूमिका खेलेकी झाँक्री पछिल्लो समय प्रधानमन्त्री तथा उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसकको रुपम…