टिआरसीविरुद्ध बानेश्वरमा जुलुस
संक्रमणकालीन न्यायसँग सम्बन्धित टिआरसी विधयेक सच्चाउन माग गर्दै द्वन्द्व पीडितहरुले प्रदर्शन गरेका छन् ।
साउन ३० गते प्रतिनिधिसभा बैठकबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पारित भइसकेकाे छ । विधयेक राष्ट्रिय सभाबाट पनि पारित गर्ने तयारी छ ।
तर, द्वन्द्व पीडितहरुले भने प्रतिनिधि सभाबाट पारित भएको विधेयकलाई राष्ट्रिय सभामा सच्याउन माग गर्दै आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । विधेयक संशोधन गरी पीडितमैत्री …