फास्ट ट्र्याक हेर्न सेनाको हेलिकप्टरमा प्रधानमन्त्री लेनडाँडातिर
प्रधानमन्त्री केपी शर्मा ओली निर्माणाधीन काठमाडौं–तराई/मधेश फास्टट्र्याकको निरीक्षणमा जान लाग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा बिहान साढे ९ बजे त्यता जाने कार्यक्रम छ ।
कल साइन एनए ०६७ नम्बरको अगुस्ता हेलिकोप्टरमा प्रधानमन्त्री नेतृत्वको टोली मकवानपुरको बकैया गाउँपालिका र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङ्गमार्ग निरीक्षणमा जान लागेको हो । एकै ठाउँमा रहेका जोडी सुरुङ्गमध्ये काठमाडौंबाट निजगढतर्फ जाने एक हजार ६३३ मीटर लम्बाईको सुरुङ गत जेठ ४ गते ब्…