बाल्टिनको पानीमा ११ महिने शिशु
भक्तपुरमा खेल्ने क्रममा बाल्टिनको पानीमा डुबेर ११ महिने शिशुको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१०, चित्तपोल बस्ने सिन्धुपाल्चोक घर भएकी गीता बस्नेतकी ११ महिनाकी छोरी नेलिस्ता बस्नेतको निधन भएको हो ।
खेल्ने क्रममा अचानक २० लिटर गहिरो प्लास्टिकको बाल्टिनमा डुब्दा नेलिस्ताको अवस्था गम्भीर भएको थियो । लगत्तै उपचारार्थ ख्वपः अस्पताल च्यामासिंंह पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार शव पोष्टमार्टमका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल…