उताका काँग्रेस–एमाले नेताहरु ‘माथि’को फोन कुर्दै
हे जाएगा,हो जाएगा ! बहुत बहुत धन्यवाद ! भन्ने थेगोबाट परिचित रुपन्देही क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे चेतनारायण आचार्य नेतृत्वको मन्त्रिमण्डलमा मन्त्री बन्लान् वा नबन्लान् लुम्बिनीमा सर्वाधिक चासोको विषय बनेको छ । प्रदेशका देउखुरी, कपिलवस्तु र रुपन्देहीका चिया पसलदेखि चौतारासम्मका हरेक राजनीतिक र सामाजिक छलफलमा यो विषयले प्रवेश पाउने गरेको छ ।
एमाले-काँग्रेस गठबन्धनमा बनेको एमाले संसदीय दलका उपनेता आचार्य नेतृत्वको मन्त्रिमण्डलम…