उकालो लागेको सेयर बजारप्रति पूर्वअर्थमन्त्री सशंकित
सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पूँजी बजारमाथि निगरानी बढाउन सरकारलाई सचेत गराएका छन् ।
पूँजी बजार अस्वाभाविक रुपमा उकालो लागि रहेका बेला पूर्वअर्थमन्त्रीसमेत रहेका उनले सरकार र नेपाल राष्ट्र बैंकलाई त्यसमाथि निगरानी बढाउन सुझाएका हुन् । आज संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा महतले भने– अहिले सेयर मार्केट निरन्तर माथि उठेर २७ सय पुगेको अवस्था छ । तर मलाई के लाग्छ भने यसमा हामी कसेस हु…