राजधानीसँगै जोडिएको जिल्लामा एमालेका कटाक्ष
धादिङ जिल्ला कमिटीको अध्यक्ष बनाउनुपर्ने देवप्रसाद त्रिपाठीलाई बल्लतल्ल एमालेले केन्द्रीय सल्लाहकारमा मनोनीत गरेको छ । दुई महिनाअघि मात्रै त्रिपाठीको योगदान सम्झेर उक्त पदमा मनोनयन गरिएका उनी बागेश्वरी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक हुन् । पार्टी फुट्नुअघिसम्म १० भाइ समूहकै नेताका रुपमा चिनिन्थे ।
धादिङ एमालेभित्र खुलेरै दुई गुट क्रियाशील रहेको देखिन्छ । यो रोगकै रुपमा विकास भएको केही नेताको बुझाइ छ । सँगै काम गर्न नचाहने, उस्तै परे बोल्न पनि नपरोस् भन्ठान्ने र ए…