थुप्रै जर्नेलको जिम्मेवारी हेरफेर
नेपाली सेनाले एक दर्जनभन्दा बढी जर्नेल (सहायक रथी) को सरुवा गरेको छ । आजैदेखि लागु हुनेगरी १३ जना जर्नेल र दुई जना कर्णेल (महासेनानी) लाई यताउता पारिएको छ ।
प्राप्त विवरणअनुसार भर्ना छनौट निर्देशनालयका सहायक रथी शक्तिजंग बस्नेतलाई निमित्त चिफ अफ स्टाफ, मध्यपश्चिम पृतना हेडक्वार्टर लगिएको छ । राष्ट्रिय सेवा दलका महेशकुमार थापालाई सैनिक तालिम महानिर्देशनालय र उक्त महानिर्देशनालयका लीलाबहादुर खनाल क्षेत्रीलाई निमित्त प्रशासन रजिष्ट्रारको हैसियतमा वीरेन्द्र अस्पताल पुर्या…