सिन्धुपाल्चोकमा सातजना बेपत्ता, तीन दिनसम्म उद्धारको पखाईमा स्थानीय
जिल्लाकै विकट जुगल गाउँपालिकामा पहिरोमा परी सात जना बेपत्ता भएका छन् । गत शनिबार पहिरोले घर बगाउँदा उनीहरु बेपत्ता भएका हुन् ।
स्थानीय ईश्वर गुभाजुका अनुसार पहिरोले चार घर बगाउदा साँबो शेर्पा, डेण्डु शेर्पा, साहिँला शेर्पा, ढोमा शेर्पा, पासङ ढोमा शेर्पा, ढार्के शेर्पा र निङमा शेर्पा बेपत्ता भएका हुन् । उनीहरुको उद्धारका लागि हालसम्म कोही नपुगेको बताइन्छ ।
जुगल गाउँपालिका वडा नम्बर ३ मा पर्ने तेगा बस्ती भौगोलिकरुपमा अत्यन्तै विकट स्थानमा छ । गाउँ वारीको त…