रुपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रुपन्देहीको ओमसतिया गाउँपालिकाका पूर्वअध्यक्ष हिरा केवट (रावल) सहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा हालिएको छ । सरकारी बजेट हिनामिना गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध आज अदालतमा मुद्दा हालेको हो ।
मुद्दा दायर भएकामा अन्य पूर्व प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, गाउँपालिकाका तत्कालीन लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुवोधराज भट्टराई छन् । यस्तै, अख्तियारले व्यवसायिक माछा ब्लक सञ्चालक समितिका तत्कालीन अध्यक्ष उमेश केवट,…