अपराध

झारफुकको नाममा बिरामी महिलामाथि करणी

धनुषामा झारफुक गर्ने बहानामा झाँक्रीले बिरामी महिलालाई करणी गरेका छन् । ३५ वर्षीया बिरामी महिलालाई जबरजस्ती गर्ने झाँक्री प्रहरी नियन्त्रणमा पुगेका छन् । महिलालाई करणी गरेको आरोपमा प्रहरीले धनुषाको विदेह नगरपालिका–३ कर्माहियाका ६० वर्षीय विशेश्वर मुखियालाई नियन्त्रणमा लिएको छ । प्रहरीकाअनुसार वृद्ध झाँक्रीले झारफुक गर्नेक्रममा महिलाको घरमै बलात्कार गरेको पीडितले बताएकी छन् । इलाका प्रहरी कार्यालय दुहबीमा उनीविरुद्ध परेको उजुरीमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

Page 150 of 213