अपराध

पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानलाई ३ वर्ष जेल सजाय

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई एउटा अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ । तेहरिक–ए–इन्साफका अध्यक्षसमेत रहेका खानलाई ट्रयाल कोर्टले उक्त आदेश सुनाएको हो । सरकारी उपहार गैरकानूनी रूपमा बेचेको अभियोगमा उनलाई उक्त जेल सजाय सुनाइएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

Page 88 of 213