समाचार

सरकारद्वारा गोरखापत्रसँग स्पष्टिकरण

प्रजातन्त्र दिवसको दिन फागुन ७ गतेदेखि तामझामसहित आफूसँग छापाखाना नभए पनि उपत्यकाबाहिरबाट छापिन थालेको सरकारी मुखपत्र गोरखापत्रले निजी क्षेत्रका अखबारको भर पर्दा मन्त्रालयको ठाडो स्पष्टिकरण भेटेको छ । गोरखापत्रको नेपालगञ्ज संस्करण प्रकाशित गर्नका लागि आफ्नै प्रेस नभएका कारण उसले अन्नपूर्ण पोष्ट र नागरिक दैनिकसँग समेत कोटेशन मागेर कोहलपुरस्थित नयाँ पत्रिकाको छापाखानाबाट प्रकाशन गर्दै आएको थियो । यसक्रममा चैत २ गते एउटा घटना भयो । प्रेसम्यान काम गर्दागर्दै दुर्घटनामा परे र अस्पताल…