समाचार

एकाबिहानै एअरपोर्टमा सुन समातियो

आज बिहान काठमाडौं विमानस्थलमा अवैध तरिकाले ल्याइएको सुन फेला परेको छ । दुबईबाट आएका एक जना नेपाली यात्रुको साथबाट तीन सय ग्राम सुन बरामद गरिएको थियो । फ्लाई दुबईको उडान नम्बर ५८९ मा आएका मोतिराम सुनारलाई बिहान विमानस्थलबाट बाहिरिने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । पासपोर्ट नम्बर ७६१८४९ का सुनारलाई आज बिहान सवा ८ बजे विमानस्थलस्थित भन्सार नजिकै उक्त परिमाणको सुनसहित भन्सारका कर्मचारीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

Page 1174 of 1277