समाचार

​अर्को हप्ता भारतमा को प्रधानमन्त्री आउलान् ?

भारतमा जारी लोकसभा चुनाव आउँदो आइतबार सम्पन्न हुँदैछ । ५ सय ४३ सिटका लागि भएको निर्वाचनमा अब ५९ सिटको मात्र प्रतिस्पर्धा बाँकी छ । सातांै चरणको मतदान आउँदो आइतबार सम्पन्न भएपछि भारतले नयाँ प्रधानमन्त्री पाउनेछ । मतगणना मे २३ देखि शुरु हुने र २४ घण्टाभित्र परिणाम सार्वजनिक हुने तयारी छ ।  सातौं चरणको निर्वाचन अलि बढी रोचक यसकारण लाग्छ कि त्यसदिन प्रधानमन्त्री नरेन्द्र मोदीको चुनाव क्षेत्र वाराणसीमा मतदान हुँदैछ । वाराणसी हिन्दु र जैन दुवै धर्मको पवित्र स्थल हो । गंगा नद…