माधव नेपाल भेट्न सिके राउत बिहानै कोटेश्वरमा
नयाँ सरकार गठनका लागि दलहरुबीच विभिन्न पक्षीय छलफल चलिरहेका बेला जनमत पार्टीका अध्यक्ष सिके राउतले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेका छन् । गठबन्धन सरकारमा जान इच्छुक देखिएका राउत अध्यक्ष नेपाललाई भेट्न बिहान ९ बजे नेपाल निवास कोटेश्वर पुगेका थिए।
दुई नेताबीच झण्डै एक घण्टा लामो कुराकानी भएको बताइएको छ ।
प्रतिनिधिसभामा ६ सिट रहेको जनमत कुनै पनि दलको बहुमत नभएकाले सरकार गठनमा निर्णायक स्थितिमा रहेको छ । पहिलो पटक संसदमा पुगेका राउ…