विनोद चौधरीलाई व्यापारीको प्रश्न ‘चीनमा १३ लाख,नेपालमा ३८ लाख किन ?’
डलर अर्बपति तथा नेपाली काँग्रेस सभासद विनोद चौधरीले आर्थिक मन्दीको बेला सवारी साधन बिक्रीमा पनि हात हालेका छन् । उनी आफू नेता बनेसँगै विद्युतीय सवारी साधन ‘नेता भी’ को पनि साहुजी बनेका हुन् । चौधरी ग्रुपले पछिल्लो समय चीनबाट विद्युतीय सवारी साधन नेपाल ल्याएर बिक्री गर्न थालेको छ ।
उनका भाइ अरुणले भारतीय मोटर कम्पनी मारुती सुजुकीको व्यापार गर्दै आएका छन् । दाइले भने विद्युतीय सवारी साधनमा हात हालेको छ महिना पूरा भएको छ । गत असारमा ‘नेता भी&rsqu…