बधाईको बेलिबिस्तार
‘बधाई आजै दिऊँ कि पछि ?’
कुरा पक्कापक्की नै भएको त छैन, तर आइतबार सानेपा हाइटस्थित होटल समिटको एक जमघटमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता रमेश लेखकले यसो भन्दै जिस्क्याइरहँदा ‘बधाई’ पाउनुपर्ने पात्रचाहिँ मुसुमुसु हाँस्दै थिए ।
एकातिर संवैधानिक निकायमा पदपूर्तिको निम्ति बैठकको गणपूरक संख्यासम्बन्धी अध्यादेश रोकिएको छ, अर्कातिर पूर्व माओवादीको असन्तुष्टिका बाबजुद संसद चलाउने परिपक्व व्यक्तिको नाममा मोटामोटी सहमति …