ढोका खोल्ने, झ्याल टाल्ने, समाइहाल्ने
ठूलो हल्लीखल्लीसहित एक सय २२ को संख्यामा चिनियाँ साइबर अपराधी काठमाडौंमा समातिए र तिनलाई उतैबाट आएको दुई वाइडबडी जहाजमा हालेर हाम्रो एयरपोर्टमा पाइला नटेकेका डेढ सयको सुरक्षा फौजले लगेको छ । यससँगै अनेकन प्रश्न उब्जिएका छन् ।
नेपाल, अर्थात् मृत्युदण्डविरोधी अभिसन्धिमा हस्ताक्षर गर्ने राष्ट्रले मृत्युदण्डको कानुन भएको देशलाई पक्राउ परेका व्यक्ति जिम्मा लगाएको छ । उता ती व्यक्तिलाई दिइने दण्डबारे कुनै सम्झौता वा सोधखोज भएन भन्ने कोणबाट केही पश्चिमा एजेन्सी सल्बलाई रहेका छन् ।…