हतियार हराउनेहरूको हुल
तीसको दशकताका नगरकोटमा सञ्चालित ट्याक एण्ड एडम तालिमको दौरान बाहिरी अभ्यासमा एसएमजी हराएपछि जागिर जोगाउन सुटुक्क भारतबाट अर्को हतियार किनेर बुझाइयो तर पछि असली हतियार गाउँलेबाट प्राप्त हुन आयो ।
उक्त काण्डमा भक्तपुर सिपाडोलका क्याप्टेन बखतबहादुरले थुनुवाकै अवस्थामा आत्महत्या गरेका थिए भने होनहार अधिकृत बलराम अधिकारीको घटुवा भयो । माओवादी द्वन्द्वताका हतियार गुमाउनेमा डडेलधुरामा तैनाथ समशेर दलका गणपति दामोदर थापा थिए, इञ्जिनियर नरेश बस्नेतको करबलका कारण बिनायोजना पिल…