देवीको सहकारीलाई किन छुटाइयो ?
सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको बचत रकम हिनामिना छानबिनका लागि गठित संसदीय विशेष समितिले कसैलाई काखा र कसैलाई पाखा गरेको देखिन आएको छ । ठूला भनिएका प्रायः सबै सहकारीमा देखिएको समस्याको वस्तुस्थिति अध्ययन गर्न र आवश्यक सुझाव दिन गठित समितिले सत्तारुढ एमाले निकट एक जना सांसदको सहकारीलाई प्रतिवेदनमा उल्लेख नगरी उन्मुक्ति दिएको स्रोतको दाबी छ ।
सहकारीको रकम गोर्खा मिडिया ग्रुपमा ल्याएर अपचलन गरेझैँ अन्य सहकारीका सञ्चालक र हर्ताकर्ताले पनि बचतकर्ताको रकम आफ्ना नि…