आधा करोडको सेट बगेपछि 'एक्लो' का लगानीकर्ता तनावमा
मुस्ताङमा बाढी आएपछि चलचित्र ‘एक्लो’ निर्माण टिम तनावमा परेको छ । ४० लाख खर्च गरेर तयार पारेको सेट बाढीसँगै बगेपछि फिल्मका निर्माता-निर्देशक तनावमा परेका हुन् ।
भदौ महिनाभरी काठमाडौँमा पहिलो चरणको छायांकन सकेर एक्लो टोली मुस्ताङ पुगेको थियो । तर, बाढीले सेट बगाएपछि छायांकन रोकिएको निर्माण पक्षले जनाएको छ ।
प्रदिप शाहीले निर्देशन गरिरहेको यस चलचित्रमा प्रदिप खड्का, हलिउड अभिनेता ज्यामी वेकम, बेनिशा हमाल, विजय लामा, सुनिल थापा, दिया पुन…