राहतमा दलीय विभेद गरिएको भूकम्प पीडितको आरोप
जाजरकोट भूकम्पका पीडितलाई प्रदान गरिएको राहतमा विभेद भएको आरोप लागेको छ । स्थानीय पीडितले राहत वितरणस्थलमा नै उक्त आरोप लगाएका हुन् ।
जाजरकोट र रुकुमपश्चिमका विकट स्थानमा पीडितले अहिलेसम्म राहत नपाएको खबर आएका छन् ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री तथा माओवादी नेता जनार्दन शर्मालगायत उच्च अधिकारीहरु शनिबारदेखि प्रभावित छेत्रमै छन् । मित्रराष्ट्र र मुलुकभित्रैबाट राहत रकम र सामाग्री प्राप्त भइरहेका छन् । तर, प…