स्वर्गीय सीताको शवयात्रामा सुरक्षाकर्मीको स्कर्टिङ
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी स्वर्गीय सीता दाहालको शवयात्रा शुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडाबाट अन्तिम दाहसंस्कारका लागि पार्थिव शरीर पशुपति लगिएको हो ।
नेपाली सेनाको गाडीमा राखेर शव पशुपति आर्यघाटमा लगिएको छ । यसअघि बिहान साढे ८ बजे निधन भएकी माओवादी केन्द्रीय सल्लाहकारसमेत रहेकी दाहालको शवलाई ११ बजेदेखि श्रद्धाञ्जलीको निम्ति पार्टी मुख्यालयमा राखिएको थियो ।
श्रद्धाञ्जलीको निम्ति प्रधानसेनापति महारथी प्रभुराम शर्मा…