दुर्घटना

दाङमा ट्रिपर दुर्घटना, चालकको निधन

दाङको बंगलाचुली गाउँपालिकामा ट्रिपर दुर्घटना भएको छ । चालक प्रभु चौधरीको निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले बताए ।  ट्रिपर घोराही–तापा सडकको जुम्लेपानीमा गएराति सडकबाट करिब सय मिटर तल खसेको छ । रा.१ ख १८५७ नम्बरको ट्रिपर चुनढुँगा लिन जाँदै गरेको अवस्थामा सडकबाट खसेको हो ।

Page 1 of 96