साढे १४ लाखको चिनी, प्याज र आलु बाकेको पिकअप प्रहरी नियन्त्रणमा
पर्सामा चिनी, प्याज र आलु बोकेको पिकअप गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिल नभएका तरकारीजन्य सामान बोकेको गाडीलाई वीरगञ्ज महानगरपालिका ७ रामटोलबाट प्रहरीले समातेको हो ।
वीरगञ्जबाट चितवन जाने क्रममा मधेश प्रदेश, जनकपुरबाट खटिएको प्रहरी टोलीले लु.अ.अ.मा.२६४९ नम्बरको मालवाहक पिकअपलाई नियन्त्रणमा लिएको हो ।
बिलबिजक बिना १४ लाख ६० हजारभन्दा बढी मूल्य पर्ने चिनी, आलु र प्याजसमेत बरामद गरी आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरील…