धनुषाको सहकारी संस्थाका सञ्चालक ५ करोड ठगेर टाप
धनुषामा रहेको एउटा सहकारी संस्थाले सर्वसाधारणको पाँच करोड रुपैयाँ हिनामिना गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा रुपैठामा रहेको अम्बेडकर बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरु दुई हजार जना बचतकर्ताको रकम अपचलन गरेपछि फरार भएका हुन् ।
फरार भएपछि बचतकर्ताहरुले सञ्चालकद्वय रविन्द्र दास र रामनाथ दासको घर बाहिर प्रदर्शन गरेका छन् ।