यसकारण धुलिखेलको मुर्दाघरबाट एक हप्तासम्म शव उठाइएन
जनप्रतिनिधिको धम्कीपछि आत्महत्या गरेका पन्तको लाशले एक सातादेखि न्याय खोज्दै, प्रहरी देखि सिडियो समन्वय प्रमुख समेत घटनालाई ढाकछोप गर्न पीडितलाई थमथमाउदै काभ्रेपलाञ्चोक जिल्लामा एक पुरुषको शव एक सातादेखि धुलिखेल अस्पतालको मुर्दाघरमा राखिएको छ । भुम्लु गाउँपालिका १, सापिङ्गका ६८ वर्षीय ठडेन्द्रबहादुर पन्तको शव अस्पतालको मुर्दाघरमा राखिएको हो ।
असार १० गते बिहान ६ बजे सापिङ्गस्थित उर्लेनीमा पन्तले रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । त्यसपछि ठडेन्द्रका छोरा २१ वर्षीय…