सैनिक श्रीमतीका नाममा लुकाइँदै सम्पत्ति
अहिले भ्रष्टाचारसम्बन्धी कानुनको खुब चर्चा छ । तर, कानुनले नै के कसरी भ्रष्टाचारीलाई जोगाउने र अनियमितताद्वारा आर्जित सम्पत्ति लुकाउने ठाउँ दिएको छ भन्नेबारेचाहिँ कसैले चासो लिएको देखिँदैन ।
भ्रष्टाचारीको पाता कस्ने जिम्मेवारी पाएको अख्तियारले सेना र अदालतको मामिलामा प्रवेश पाउँदैन । त्यसैगरी, मन्त्रिपरिषद्को निर्णयलाई पनि औँला ठड्याउन सक्दैन । जसले गर्दा घुस खाएर अकुत सम्पत्ति जोड्ने टाठाबाठाले मज्जाले आफन्तको खातामा पैसा राख्ने र मोज गर्ने वातावरण बनेको छ । यस्तै गतिव…